काठमाडौँ । मुगुका भेडापालक कृर्षकलाई भेडापालनका लागि आवश्यक सामाग्रि बितरण गरिएको छ । पशुपालनलाई जिविकोपार्जनको आधार बनाउदै आएका मुगुका किसानहरूलाई भेडापालनका लागि आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको हो ।
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत भेडा उत्पादन क्षेत्र बिषेश कार्यक्रम अन्र्तगत उक्त सामाग्रि बितरण गरिएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख भिमचन्द्र बुढाले जानकारी दिए । उनका अनुसार मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ९ छायल,पाँपु र चिमात गाँउमा श्री बरिष्ट भेडा पालन कृषक समुहका ६१ जना भेडा पालक कृषक सदस्यहरुलाई उक्त सामाग्रि बितरण गरिएको बताए ।
किसानलाई भेडापालनमा प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले कार्यालयले अनुदानमा सामाग्रीहरु वितरण गरेको जनाएको छ ।
करिब १५ लाख बजेटमा कार्यालयले भेडापालन गर्दै आएका किसानलाई रेन्कोट १ थान, ६१ वटा भेडाको ऊन कोर्ने काँगियो, कैँची ६१ थान, ६१ सादा पाल, ६१ सोलर, ६१ भ्याड, ६१ टर्च, ६१ सिलिपिङ ब्याग बितरण गरिएको प्रमुख बुढाले बताए । कार्यालयका प्रमुख भिमचन्द्र बुढाले जिल्लामा व्यवसायिक भेडापालनको सम्भावना रहेकाले त्यसलाई प्रोत्साहन गर्नका लागि समेत अनुदानको कार्यक्रम राखिएको बताए । स्थानीयले प्रतिपरिवार ५० वटासम्म भेडा पाल्दै आएको उनको भनाई छ । तर, उपकरण खरिद गर्न आवश्यक रकम नहुँदा उनीहरुले त्यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनन ।
घट्दै भेडापालक कृषक
पछिल्लो अवस्थामा भेडापालन कम हुँदै र बाख्रा पालन बढ्ने अवस्था रहेको छ । भेडालाई चरिचरनका ७÷८ महिना गाउँभन्दा टाढा लैजानुपर्ने भएकाले कृषक घट्दै गएका छन् । पछिल्लो समय भेडापालन व्यवसाय घट्दो अवस्थामा रहेको प्रमुख बुढा बताउँछन् । गाउँबाट धेरैजसो भेडापालन व्यवसाय छोडेर बैदेशिक रोजगारीमा जाने र पठनपाठनको शिलसिलामा सहर पस्ने क्रमसँगै भेडापालन व्यवसाय घटेको छ', उनले भने, 'गाउँमा युवाहरु नहुनुर बुढापाकाहरुले भेडा लिएर चरन क्षेत्रमा जान नसक्ने भएकोले भेडापालन व्यवसाय घट्दो अव्स्थामा छ ।’
चरनक्षेत्रमा जान नसक्नु र बेचविखन गर्ने प्रक्रियाका कारण तीन तीन वर्षको समयावधिमा भेडाहरु घट्दै गएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढा बताउँछन् । दुइतीन वर्षको अन्तरालमा भेडापालन व्यवसाय र भेडाहरु घट्दो क्रममा छन्', उनी भन्छन्, '२०७९÷८० को तथ्यांक अनुसार ४७ हजार भेडा भएकोमा २०८०÷०८१ मा पुग्दा भेडाको संङ्ख्या ३० हजारमा झरेको छ ।’
मुगु जिल्लाभर भेडापालक ८÷९ सय घरधुरी रहेको छ । सबैभन्दा बढी भेडा पाल्ने पालिका छायाँ नाथ रारा नगरपालिका क्षेत्रको वडा नम्बर -७, ८, ९, १०, ११, १४ रहेका छन् । कार्मारोङ गाउँपालिका वडा नम्बर ७ र ९ नम्बर वडा रहेका छन् । त्यस्तै खत्याड गाउँपालिका नम्बर वडा -५ मा सबैभन्दा बढी भेडापालन गर्ने क्षेत्र हो भने अन्य २, ७ र ११ मा पनि भेडापालन व्यवसाय गर्ने गरेका छन् ।
भेडा उत्पादन क्षेत्र बिषेश कार्यक्रम अन्र्तगत साठी लाख बजेट मध्य छायाँनाथ रारा नगरपालिका १२ र १४ मा कार्यक्रम रहेको छ । वडा नम्बर १२ बितरण भइरहेको छ भने १४ मा कार्यक्रम हुन बाँकी रहेको छ । नश्ल सुधार कार्यक्रम गर्ने निर्णय भएसँगै २४ जना कृषकहरु छनौटका लागि आएको र लगत्तै गर्ने प्रमुख बुढाले बताए ।
सोरु र खत्याड गाउँपालिकामा भेडा र सामाग्रि बितरण भइरहेको प्रमुख बुढाले बताएका । उनका अनुसार खत्याड गाउँपालिका वडा नम्बर ५ मा भेडा बितरण, पाल, टर्च लाइट, र सोलार बितरण गरिसकिएको बताए । गाउँ कार्यसमितिले निर्णय गरेअनुसार १६ जना कृषक छनौट गरिएको थियो ।
वर्षातको समयमा आवतजावत गर्ने कुरामा समस्या हुँदै आएको थियो सामाग्रि पाएपछि आफूहरुलाई धेरै सहज हुने भेडापालक कृषकहरुले बताएका छन् । ६१ ज्नाको समूह रहेको र ६१ जनाको समूहले नै सम्झौता गरेर ६१ जनाभित्रको खरिद समितिले खरिद खरेर सबै सामान अएपछि मुचुल्का उठाएर चेकजाँच गरेर खातामा पठाउने र त्यसै अनुसार भूक्रानी गर्ने प्रमुख बुढाले बताए ।