काठमाडौँ । काठमाडौँको व्यस्त ठाउँ खरिबोट टोखा । साँझको करिब सात बज्नै आटेको थियो । बिहान काममा गएका मज्दुर देखि कार्यालय गएका कर्मचारी आफ्नोे घर, डेरा तर्फ जान आतुर थिए ।
ब्यस्त थिए । सवारीको चर्को आवाज र त्यही सवारीको चर्को आवाजमा एक हजुर सस्तोमा तरकारी सस्तोमा तरारी आवाज एक्कासि कानमा ठोक्कियो । साँझको खानाको लागि तरकारीका लागि भएपनि घर डेरा तर्फ लाग्नेहरुको ध्यान त्यतै थियो । र धरैजना तरारी लैजान उनैका पुगेको दृश्य देखिन्थे । हामी पनि डिक छेउछाउ हुँदैँ यात्रा अगाडी बढ्यो । निरन्तर.. । चारपाङ्ग्रे ठेलागाडामा फर्सि काक्रा, लगायतका विभिन्न तरकारी बेच्दै थिए नुवाकोटका गोबिन्द न्यौपाने ।
हामी उनी नजिकै पुग्यौँ । लौ हजुर बिस रुपैयाँको एक मुठा साग, एक सय रुपैयाँको एक केजी काक्रा भन्दै ग्राहकको ध्यान आफूचिर तानिरहेका थिए । ग्राहकहरुलाई अन्त भन्दा लहै सस्तो छ हजुर आउनुस भन्दै बोलाइरहेका थिए । त्यत्तिकैमा हामी पनि नजिकै पुग्यौँ । कुराकानी गर्दै केही समय गफिन थाल्यौँ । गफिदा गफिदै गफगाफमै भारतको नयाँ दिल्ली, दुबै, कुबेत हुँदै पुन नेपालतर्फ फर्कियौँ ।
नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्ब्र ३ का गोबिन्द न्यौपाने बैदेशिक रोजगारीबाट फर्केर नेपालमै तरकारी व्यवसाय गर्छन । चारपाङग्रे ठेलागाडामा तरकारी बेच्दै आफ्नै देशमा केही गर्छुभन्दै तरकारी बेच्छन् । काठमाडौँको टोखा नगरपालिकामा बस्दै आएका न्यौँपाने उमेरले ४६ वर्ष पुगे । आफ्नो जवानी भारत हुँदै खाडी मुलुकमा बितएका न्यौपाने अहिले ठेलागाडामा तरकारी बेच्दै जीवन निर्वाह गर्न थालेको बताउँछन् । बिदेशीको गाली खाएर अर्काको देशमा भन्दा आफ्नै देशमा ठेलागाडामा तरकारी बेचेर धेरै सन्तुष्ट र खुशी रहेको उनी बताउँछन् । काठमाडौँको व्यस्त ठाउँ टोखा नगरपालिकाको खरिबोट नजिकै सडक छेउमा ठेलागाडा अड्याउँदै तरकारी बेच्न थालेको करिब चार वर्ष भयो ।
नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का न्यौपाने ११ वर्षकै उमेरबाट भारत गएका गएको थिए । नेपालबाट भातको नयाँ दिल्लीमा पुगेर ८० रुपैयाबाट काम गर्न सुरु सात हजारसम्म तलब खाएर छोडेको स्मरण गर्छन् । पहिले सानै उमेरमा घरबाट भागेर भारतको नयाँ दिल्ली पुगेको र त्यहाँ महिनाको ८० रुपैयाँमा सेल्समेनको काम गरेको उनी बताउँछन् । सानै उमेरमा बुबाआमाबाट लुकेर भारतको नयाँदिल्ली पुगे,'उनी भन्छन्, 'त्यहाँ पुगेर छ महिना अन्तै काम गरेँ । छ महिनापछि काम गर्ने ठाउँ परिर्वतन गरेर एउटै साहुकोमा कबि १७ वर्ष बिताएँ । ८० रुपैयाँबाट सुरु गरेको काम तीन सय, पन्ध्रसय हुँदै छोड्ने बेलासम्म सात हजार रहेको थियो ।'
सधै एउटा ठाउँमा बस्दा बस्दै दिक्क भएका उनी कति अर्काको देशमा मात्र बस्नु भन्दै नेपाल फर्केको बताउँछन् ।
'करिब १७ वर्ष भारत बसेर नेपाल फर्किए नेपाल फर्केर पोखरामा होटेल संचालन गरे । होटेलबाट सोचे अनुसारको आम्दानी नभएपछि होटेल छोडेर कतार उडे ।'
साथीहरु बिदेश गएको देखेर र सोचे अनुसारको होटेलबाट पनि परिणम नआएपपछि अन्तः खाडी मुलुक कतारतिर गएकोे उनी बताउँछन् । 'कतार गएर कतारमा सुख दुख गर्दै कतारमा करिब ९ वर्ष बिताए कमाई राम्रै भइरहेको थियो । महिनाको दुइ लाख तलब थियो । कतारबाट पनि अझै राम्रो कमाई हुने देशमा जान्छु भन्दै नेपाल फर्केर कुबेत पुगे ।' कुबेत पुग्दा भनेअनुसारको काम र तलब नपाएपछि दलालबाट ठगिएको थाहा पाएपछि नेपाल फर्केको उनी बताउँछन् ।
बिदेशमा उनको कमाई राम्रै भएको बताउँछन् । कतारमा दुइ लाख भन्दा बढी तलब रहेको थियो,' उनले भने, 'कतारमा राम्रै थियो अझै राम्रो कमाई गर्ने ठाउँमा जाउन भनेर कुबेत गएँ त्यहाँ जादा दलालबाट ठगिएपछि र राम्रो नभएपछि करिब एक वर्ष बसेर स्वदेश फर्के ।’
कुबेतमा देशी प्राबिधिक मा हालेको त्यहाँ स्कार फोल्डरको हालेछ । कम्पनी पनि नराम्रो थियो । आफ्नो सिप देखाउदा पनि काम नदिएपछि फर्केको उनी बताउँछन् । बिदेशभन्दा नेपालमै सन्तुष्ट रहेको उनी बताउँछन् । कसैसँग ऋण लिन परेको पनि छैन, उनी भन्छन्, परिवारसँग बसेर । मिठो मसिनो खाएर जीवन सुख सँग चलेको छ ।’
न्यौपाने नेपाल फर्के लगत्तै कोभिड १९ महामारी सुरु भयो । स्वदेश फर्केपछि कोभिड महामारीले नगएको र अब स्वदेशमै केही गर्नुपर्छ भनेर यतै व्यवसाय सुरु गरेको उनी बताउँछन् ।
हामी नेपाली डिग्रि पास गरेर बिदेशमा गएर जुठा भाडा माझ्न हुने र परेमा शौचालय सफा गर्न गरेको हामीले आफ्नै आँखाले देखेका छौँ । तर, बिदेशमा त्यस्तो काम गर्न सक्ने भएपनि नेपालमै काम गर्न हिच्किचाउने गरेको उनी बताउँछन् ।
छोरालाई उच्च शिक्षा अध्यनको लागि बेलायत
स्वदेश र बिदेशमा संघर्षले खारिएका न्यौपानेले छोरालाई उच्च शिक्षा अध्यनका लागि बेलायत पठाएका छन् । छोराले उच्च शिक्षा अध्यन गर्दै घरको जिम्मेवारी छोराले उठावस भन्ने चाहन्छु', उनी भन्छन्, 'आफूले स्वदेश तथा बिदेशमा बसेर जोडेको चिज त छदैछ त्यही जोडेको चिजको आडमा छोरालाई उच्च शिक्षा अध्यनका लागि बेलायत पठाएँ ।'
उच्च शिक्षा अध्यनको लागि छोरालाई बेलायत पठाएका न्यौपाने सामान्य ठेलागाडामा तरकारी डुलाउदै दिनमा दुइ देखि तीनहजारसम्म बचत गर्ने गरेको बताउँछन् । उनको चार जनाको परिवार छ ठुलो छोरालाई बेलायत पठाएर अहिले आफु श्रीमती र एक छोरा सहित तीन जनाको परिवार रहेको उनी बताउँछन् । अर्को छोरालाई पनि अहिले उनले होटेल म्यानेजमेन्ट पढाइरहेको बताउँछन् ।
कसैसँग ऋण लिन परेको पनि छैन । परिवारसँग बसेर । बजारमा हेर्दा साथीभाईले यसरी ठेला ठेलेको छ भन्ने छ, उनी भन्छन्, ‘कोठमा लिएर गएमा अच्चमित हुन्छन् । जोडेको चिजलाई चलाउन नपरोस बिदेशमा गएको छोरालई पाँच÷छ महिना घुमाउन पाइयोस र आगामी दिनमा छोराले नै जिम्मेवारी लिन्छ ।
सामान्य चार पाङ्ग्रे ठेलागाडामा तरकारी बेच्दै आएका उनले ग्राहकलाई बजारको भन्दा कम मूल्यमा तरकारी दिन्छन् । ग्राहकलाई सहुलियतमा तरकारी दिदै आएको उनी बताउँछन् । ग्राहकलाई दिने भनेको निकै सहुलियतमा हो',उनले भने, 'आफुले ग्राहकबाट धेरै नाफा खादैन । बजारबाट पनि ठिक्कको तरकारी ल्याउँछु । बिहान ल्याएको सबै तरकारी साँझ सबै सकेर फर्किन्छु । सबै सकिएमा दिनमा तिन हजार नाफा हुन्छ ।’