काठमाडौँ । पछिल्लो समय काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्षमा स्थानमा पुगेको छ । प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावामा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धूलो मानिन्छ ।
कलकारखानाहरूको परिचालन या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक कण हावामा मिसिन्छन्, जसले पर्यावरण दूषित हुन्छ ।
कलकारखाना या जंगलको डढेलोबाट हानिकारक तत्व हावामा मिसिन्छन् । जसले पर्यावरणमा प्रदूषण फैलाउँछ। यो मौसममा देशका विभिन्न स्थानमा डढेलो लाग्छ, पहिलो चरणमा धुवाँ हावामा मिसिन्छ, अर्को चरणमा खरानी हावामा मिसिन्छ र प्रदूषण फैलिन्छ। वायु प्रदूषणका कारण दिनप्रतिदिन मानवीय स्वास्थ्य बिग्रँदो छ।
वायु प्रदूषण एउटा यस्तो प्रदूषण हो, जसका कारण दिनप्रतिदिन मानव स्वास्थ्य बिग्रँदो छ । अनि पर्यावरणमा पनि यसको नराम्रो प्रभाव पर्दो छ । प्रदूषणले ओजोन तह पातलो गर्नमा मुख्य भूमिका निर्वाह गर्दछ, जसका कारण जसै हामी घर बाहिर पाइला राख्छौं, हामी अनुभूति गर्न सक्छौं कि हावा कति हदसम्म प्रदूषित भइसकेको छ । धुवाँको मुस्लो सवारी साधन एवम् कलकारखानाहरुको चिम्नीबाट निस्किराखेको सजिलै देख्न सक्छौं ।
वायु प्रदूषणका मुख्य कारणहरु
–धुलो
–कलकारखानाबाट निस्कने धुवाँ
–धुँवा निकाल्ने साधनहरु
–वनजंगलमा डढेलो
–काठ, इन्धन, वा फोहर तथा प्लास्टिक बालेर निस्कने धुँवा
–धुम्रपानको धुँवा आदिबाट निस्कने ग्यासहरुआदि वायु प्रदूषणको मुख्य कारणहरु हुन्।
स्वास्थ्यमा हुने असर
–मुटु तथा रक्तनली सम्बन्धी रोगको जोखिम वृद्धि
–श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, दमको रोग
–श्वासप्रश्वास अवरोध हुने दीर्घ रोग
–फोक्सोको क्यान्सरको जोखिममा वृद्धि
–मस्तिष्काघातको जोखिम वृद्धि
–आँखा, नाक र घाँटीको संक्रमणहरुको जोखिम वृद्धि
–कम तौल भएको बच्चा जन्मने
–अवधि नपुग्दै बच्चा जन्मने
कसरी बच्ने ?
प्रदूषित हावाबाट बच्न सकेसम्म घरबाट बाहिर ननिस्कने । निस्किँदा पनि नियमित रूपमा मास्कको प्रयोग गर्ने । प्रदूषण बढेका बेलामा हामीले विशेष ध्यान दिनुपर्छ र नियमित रूपमा मास्क तथा चस्मा लगाउने गर्नुपर्छ । प्रदूषण बढेका बेलामा विशेषगरी बिहान र साँझका बेलामा घर बाहिर निस्कनु हुँदैन ।
प्रदुषित वायुका कारण कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा चिकित्सकको सल्लाह अनुसार औषधि खानु पर्छ।