सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा अत्याधुनिक मेसिन सहितको पिउने पानीको ब्यवस्था गरिएको छ । हरिवन नगरपालिका -११ स्थित बजार क्षेत्रमा सर्वसाधारणका लागि अत्याधुनिक मेसिन सहितको पिउने पानीको ब्यवस्था गरिएको हो । हरिवन वडा नं. -११ स्थित बजारक्षेत्रमा दुई स्थानमा र वडा नं. १० को नयाँरोडमा एक स्थानमा शुद्ध पिउने पानीको ब्यवस्था गरिएको हो ।
कार्यक्रमको उद्घाटन गदै हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकीले गर्मीको समयमा फ्रिज सहितको शुद्धिकरण गर्ने अत्याधुनिक मेसिन सहितको पिउने पानी ब्यवस्था गर्ने दाताहरुप्रति आभार प्रकट गर्दै पिउने पानी दान नै महादान भएको बताए । उनले पानी किनेर खान नसक्नेहरुका लागि यो सेवा प्रभावकारी रहने उल्लेख गर्दै यस सेवाको निरंनतरका लागि सवै पक्षबाट सहयोगको आवश्यकता रहेको बताए ।
हरिवन उद्योग वाणिज्य संघ हरिवनको नेतृत्वमा स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुसंग सहयोग संकलन गरेर खानेपानीको व्यवस्था मिलाईएको संघका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए । अध्यक्ष पोतेका अनुसार हरिवन घरभई अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा नेपालका काठमाण्डौं लगायतका स्थानमा रहेका ब्यक्तिहरुको सहयोग संकलनबाट सेवा सुचारु गरिएको उनले बताए ।
संघका उपाध्यक्ष दिनेश केसीले तिनवटा फ्रिज सहितको (गर्मीमा चिसो र जाडोमा तातो पानी आउने) खानेपानी प्रशोधन मेसिन लगायतका लागि तीनलाख पैँतालिस हजार रुपैया लागत लागेको र यसलाई ब्यवस्थित रुपमा संचालन गर्न नजिकका पसलका संचालकलाई अनुरोध गरिएको जानकारी दिए ।
संघका बरिष्ठ उपाध्यक्ष राजन केसीले स्वागत मन्तब्य दिएका कार्यक्रमा हरिवन नगरका उपप्रमुख हरिमाया घलान, हरिवन ११ का वडाअध्यक्ष शेष महबुब रेजा, ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, संघका सल्लाहकार संयोजक चुडामणि वाग्ले लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा हरिवन वडा नं. -३ का अध्यक्ष दिपमान लोप्चन, जेसिआई हरिवनका अध्यक्ष निरोज कार्की, हरिवन स्थित सशस्त्र प्रहरी वेश क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक आनन्द खनाल, संचारकर्मी, समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।
विनोद महतद्धारा संचालन गरिएको कार्यक्रमा पिउने पानीको मेसिन खरिद लगायतका कार्यमा सहयोग गर्ने दाताहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमका अवशरमा कोविड माहाबारीबाट थलिएका ब्यापारीकालागि राहत प्रदान गर्दै आफना घरमा ब्यवसाय संचालन गरेका सवै ब्यापारीलाई केहि सटर भाडा छुट गर्ने घरधनि ईन्द्रमणि मैनालीलाई समेत कदरपत्र सहित सम्मान गरिएको छ । मैनालीले यसअघि लिदैआएको घरभाडामा मासिक दश हजारले छुट दिएका संघका सदस्य युवराज बुढाथोकीले जानकारी दिए ।