सर्लाही । सर्लाहीको ईश्वरपुरमा भएको तिन शुन्य क्लवको मधेस प्रदेस स्तरिय भेला सातबुुँद्धे घोषणपत्र जारीगर्दै सम्पन्न भएको छ । शुन्य कार्वन उत्सर्जन, शुन्य गरिवी, शुन्य बेरोजगारीको अवधारणा अनुरुप कार्यकालागि अघि बढ्ने प्रतिबद्धता सहितको घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
भेलाले तिन शुन्य क्लवको सक्रियता बृद्धिमा जोड दिदै, आफुभित्र लुकेर बसेको क्षमता उजागर गर्न प्रोत्साहन गर्ने, प्रत्येक तिन शुन्य क्लवहरुको परिचालनका लागि वार्षिक योजना तयार गर्ने, वातावरण संरक्षण, युवा स्वरोजगार तथा गरिवी न्युनिकरणको अभियान संचालन गर्ने, क्लवका युवासंग सहकार्य गरी सहकारी र लघुवित्तको गुणस्तर अभिवृद्धि गर्दै सचेतना फैल्याउने र वित्तिय साक्षरता अभियान संचालन गर्न पहल गर्ने, क्लवले प्रतियोगिता, सम्मेलन, एवं कार्यक्रहरु संचालन गर्दै बचत गर्ने बानीको विकास गर्ने र शैक्षिक संस्था, गैर सहकारी संस्था र स्थानिय तहको सहकार्यमा पढ्दै–कमाउदै, हरित गाँउ निमार्ण ‘इक्युभेन्टर सेन्टर’ जस्ता कार्यक्रम संचालन गरी युवाहरुमाझ उद्यमी बन्ने अवशरको सृजना गर्ने लगायत रहेका छन् ।
स्वालम्वन विकास केन्द्र काठमाण्डौंको समन्वयमा चमेली बचत तथा ऋण सहकारी संस्था लि. ईश्वरपुले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि सर्लाही क्षेत्र नं. १ (क)का सांसद उपेन्द्र महतोले बातावरण संरक्षणका लागि क्लवका सदस्यहरुलाई चाहिएजति विरुवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्तगर्दै तिन शुन्य क्लवको अक्षयकोषमा एकलाख रुपैया प्रदान गर्ने घोषणा गरे ।
स्वालम्वन विकास केन्द्रका अध्यक्ष तथा कार्यक्रमका विशिष्ठ अतिथि शंकरमान श्रेष्ठले केहि खराब ब्यक्तिहरुका क्रियाकलापका कारणले समग्र सहकारी र लघुवित्त बद्नाम भएकाले लघुवित्त र सहकारीको नकारात्मक प्रचार नियन्त्रणकालागि विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग छलफल गर्नुपर्ने आवश्यता रहेको बताए ।
चमेली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामप्रताप साहको अध्यक्षता एवं कार्यकारी अधिकृत भरत साहको संचालनमा भएको कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र ईश्वरपुका शान्ति लामा, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी, संचारकर्मी तथा क्लवका तिनसय बढी सदस्य विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सदस्यहरुलाई विभिन्न जातका विरुवा समेत वितरण गरिएको थियो ।
बंगलादेशबाट प्रोफेसर मोहमद् युनुसले प्रतिपादन गरेका तिन शुन्य क्लवको अवधारणा अनुसार विश्वभरि फैलिएको सो क्लव गठनमा नेपाल अग्रस्थानमा रहेको र स्कुल, कलेजका विद्यार्थीहरुलाई सहभागि गराएर क्लव गठन हुने कार्यक्रममा जानकारी दिईएको थियो । चमेली सहकारीले सर्लाही जिल्लाका विभिन्न विद्यालयहरुमा ६ सय वटा क्लव गठन गरेर कार्य संचालन गरेको संस्थाका सामाजिक तथा उद्यमशिलता शाखा प्रमुख कमलेश्वर प्रसाद साहले जानकारी दिए ।