ललितपुर, २५ साउन । कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्ने भएको छ ।
कोरोना भाईरस (कोभिड–१९) सँग सम्बन्धित एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको पहिचान र खोजीलगायत काममा स्थानीय प्रहरी र स्थानीय वडासँग समन्वय गरेर काम गर्ने गरी स्थानीय टोल सुधार समितिलाई परिचालन गर्ने गरी निर्णय लिन बैठक बस्न लागेको हो ।
बैठकलगत्तै गैरसरकारी संस्था र उद्योगी–व्यवसायी संघ संस्थाका प्रतिनिधिलाई पनि छलफलमा बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
गोंगबुमा सुटकेशमा शव, जेब्रा झोलामा टाउको भेटियो
ललितपुर, २५ साउन । गोंगवु गणेशस्थानमा नजिकै शव सुटकेशमा फालिएको अवस्थामा भेटिएको छ । गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।
शव फेला परेको स्थानभन्दा दुई सय मिटर पर टाउको भेटिएको छ । ‘टाउको जेब्रा झोलामा फेला परेको महानगरीेय प्रहरीले बताएको छ । टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन् ।
गत २०७२ मा काठमाडौंको कोटेश्वरस्थित मनहरा खोलामा पनि सुटकेशमा राखिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले सो हत्यामा संलग्न ब्यक्तिलाई अझै कानुनी दायरामा ल्याउन सकेको छैन ।