काठमाडौँ । सर्लाहीकोे चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड देशकै उत्कृष्ट सहकारी संस्था घोषित भएको छ । सर्लाहीकोे ईश्वरपुर स्थित बयलबास बजारमा मुख्य कार्यालय रहेको उक्त सहकारी वातावरण संरक्षणमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै देशकै उत्कृष्ट सहकारी संस्था घोषित भएर सम्मानित भएको छ ।
स्वावलम्वन विकास केन्द्रद्धारा काठमाण्डौंमा आयोजित राष्ट्रिय लघुवित्त सम्मेलनको अवसरमा संस्था सम्मानित भएको थियो ।
चमेलीले तिन शुन्य क्लव मार्फत ५ सय ३४ क्लव गठन गरेर कार्य संचालन गरेर वातावरण संरक्षणमा उत्कृष्ठ कार्य गरेको जनाउदै संस्था सहित क्लव प्रर्वद्धनमा उत्कृष्ट कार्य गर्ने शाखा अधिकृत कमलेश्वर प्रसाद साह, अति विपन्नमा कार्य गर्ने संस्थाका फिल्ड प्रबन्धक अर्जन पासवान, उद्यमशिलता विकासमा कार्य गर्ने संस्थाका सदस्य रितादेवी महतो र उत्कृष्ट केन्द्र प्रमुखमा अम्बिका कुमारी थरुनी सम्मानित भएका संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत कुमार साहले बताएका छन् ।
सम्मान पश्चात समाजको वातावरण संरक्षणमा थप जिम्मेवारी बढेको र यस्ता कार्यका लागि आफूुलाई प्रोत्साहन मिलेको अधिकृत कमलेश्वर प्रसाद साहले बताए । समाजमा रहेका सवैलाई स्वस्थ्थ, शिपमुलक रोजगारी सहित अगाडि बढाउन संस्थाले निरंतर कार्य गरिरहने वताईएको छ ।
संस्थाले संचालन गरेको तिन शून्य क्लवमा शुन्य कार्वन उत्सर्जन सहित शुन्य गरिबी र शुन्य बेरोजगारी रहेका छन् । यसका अतिरक्त संस्थाले पढ्दै कमाउँदै–कमाउदै पढ्दै, शौचालयमा पानी, जैविक खेती, पर्यावरण गाँउ, बेटी पढाउ–बेटी बचाउ, लगायत आम सदस्य हितका कार्यक्रमका साथै मृतक ऋणी सदस्य दम्पतीको ऋण मिनाह तथा काजक्रिया खर्च लगायत सदस्य एकल तथा जेष्ठ सदस्यलार्ई सामाजिक शुरक्षा भत्ता, सुत्केरी खर्च, आगलागि पीडित, क्यान्सर पीडितलाई आर्थिक सहयोग, सडक बत्ति जडान लगायतका कार्यक्रमहरु र गाँउटोल सरसफाई कार्यक्रम संचालन गरेको प्रशासन प्रमुख संजिव कुमार साहले जानकारी दिए ।