थाकेको शरीरले जब ओछ्यान खोज्छ, अनि ओछ्यानमा पल्टिना साथ मस्त निन्द्राको गहिराईमा पुग्छौँ । निन्द्रामा हामीले केही थाहा पाउने कुरै भएन । हामीमध्ये केही व्यक्तिमा घुर्ने समस्या देखिन्छ ।
निन्द्रामा घुर्ने समस्याले कहीकतै घुम्न जाँदा होस् या कसैको घरमा पाहुना जाँदा– कसैले तपाईलाई घुर्नु हुँदो रहेछ भन्ने प्रश्न सोध्न सक्छन । सोधेका पनि होलान् । तर, जति हामी सोच्छौँ, त्यति सामान्य छैन । यो एकदम जटिल समस्या हुन सक्छ ।
हामी किन घुर्छौं ?
सुतेको बेला श्वासनलीबाट हावा स्वतन्त्र रूपमा प्रवाह गर्न नसक्दा घुर्ने समस्या हुन्छ । जब श्वासनली साँघुरो हुन्छ वा आंशिक रूपमा अवरुद्ध हुन्छ, सास फेर्दा माथिल्लो वायुमार्गका तन्तुहरू कम्पन हुन्छन् । जसले निन्द्रामा घुर्दा आवाज आउँछ ।
हामीले निद्रामा श्वास लिँदा र बाहिर निकाल्दा हाम्रो घाँटी र टाउकोको नरम तन्तुहरूमा कम्पनका कारण घुर्छौं । यी नरम तन्तुहरू हाम्रो नाकको भाग, टन्सिल र मुखको माथिल्लो भागमा पाइन्छ । जब, तपाईं सुत्नु हुन्छ, श्वासनली आराममा हुन्छ । त्यसैले हावाभित्र र बाहिर सार्न बल प्रयोग गर्नु पर्छ । जसले नरम तन्तुहरूमा कम्पन निम्त्याउँछ । जसले निन्द्रामा घुर्ने हुन्छ ।
निन्द्रामा घुर्ने बानी कसरी रोक्ने ?
सबैभन्दा पहिला घुर्ने समस्या रोक्नका लागि, श्वासनली खुला राख्नु महत्त्वपूर्ण हुन्छ । यस्तै मदिराका कारण पनि सुत्ने बेलामा मांसपेशीहरू धेरै शिथिल हुन्छन् । यसले गर्दा श्वासनली साँघुरो हुन्छ । यस्तो अवस्थामा सुत्नुअघि मदिरा सेवन नगर्नु राम्रो हुन्छ ।
नाक सफा राख्ने ?
यदि, तपाईंलाई रुघाखोकी लागेको छ । तपाईंको नाक बन्द छ भने घुर्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा सुत्नुअघि नाक राम्ररी सफा गर्नुपर्दछ । नाक सफा गरेसँगै नाकमा भएका अति सूक्ष्म रक्त कोशिकाहरू सुन्निने समस्याबाट राहत मिल्छ । यो पनि सामान्यतया एलर्जीको कारण हुन्छ । यसले भरिएको नाकबाट तुरुन्तै राहत दिन्छ ।
तौल घटाउने
तपाईंको अधिक तौल छ भने श्वासनली साँघुरो हुन सक्छ । जसले गर्दा हावाको प्रवाहमा बाधा पुर्याउन सक्छ । यस्तो अवस्थामा स्वस्थ तौल कायम राख्दा घुर्ने समस्याबाट राहत मिल्छ ।