काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ।
कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु वर्षको ६ महिनामा एक हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन्।
०७९/८० भन्दा यो वर्ष अनियमिततासम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ।
चालु आवको साउनदेखि हालसम्म सबैभन्दा बढी सुर्खेतका दुई सय ७३ उजुरी दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ।
जिल्लागत रुपमा सबैभन्दा कम रुकुम पूर्वबाट २० वटा उजुरी दर्ता हुँदा रुकुम पश्चिमबाट ८६ वटा उजुरी दर्ता भएका छन्। त्यसैगरी, दैलेखबाट एक सय ७७ वटा, डोल्पाबाट ५८ वटा, सल्यानबाट ७६ वटा उजुरी दर्ता भएको गौतमले बताए।
यस्तै, जाजरकोटबाट ७१ वटा, जुम्लाबाट एक सय १७ वटा, कालिकोटबाट ७८, मुगुबाट ९७ वटा र हुम्लाबाट ७८ वटा उजुरी दर्ता भएका छन्।
कार्यालयले गत वर्षका नौ सय ४४ र चालु आवका एक हजार ९५ गरी कुल दुई हजार ३९ उजुरी परेका छन्। तीमध्ये पाँच सय ४९ उजुरीको टुंगो लागेको छ भने एक हजार चार सय ९० उजुरीको टुंगो लाग्न बाँकी छ। स्थानीय र प्रदेश सरकारका आयोजनाका अनियमितता सम्बन्धीका उजुरी बढ्दै गएको अख्तियार सुर्खेत जनाएको छ।