सर्लाही, बैशाख १५ । सर्लाहीको ईश्वरपुर (बयलबास)मा प्रधान कार्यालय रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाले आगलागि पीडित आफ्ना सदस्यलाई राहत वितरण गरेको छ । आगलागिबाट घर पुर्णरुपमा जलेर नष्ट भएपछि विचल्लि भएका परिवारलाई राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरिएको संस्थाले जनाएको छ ।
दुई छुट्टा–छेट्टै समयमा भएको आगलागिबाट पीडित बरहथवा नगरपालिका वडा नं. ११ स्थित लालदियरका गान्धी कुमारी मुखिया र रामनगर गाँउपालिकावडा नं. ६ मलघटाका ललितादेवी रायलाई राहत वितरण गरेको हो । संस्थाले राहत स्वरुप चामल १ वोरा, दाल, नुन ,तेल ,चिउरा ,दालमोड, सावनहरु, सरफ, बिस्कुट, आलु, प्याज दगायतका खाद्यान्न सामाग्री उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत भरत सहले जानकारी दिए । संस्थाले यसअघि समेत आगलागि पीडित आफ्ना सदस्यहरुलाई राहत वितरण गरेको थियो ।
सर्लाहीमा एक मुख्यकार्यालय र पाँचवटा सेवाकेन्द्र (मलंगवा, गोडैता, बरहथवा,ईश्वरपुर र फारी पर्सा) मार्फत सेवा दिदै आएको संस्थामा कुल १० हजार २ सय ६६ सदस्य रहेकोमा महिला सदस्यको संख्यामात्र ९ हजार ६ सय ९८ रहेको छ । संस्थाको अधिकृत पुँजी १ करोड तथा चुक्ता पुँजी ६ करोड, ४ लाख, ३२ हजार रहेको छ ।