वर्दिया मधुवन नगरपालिका ५३ वर्षीय असोक सोडारीको द्वन्द्वका बेलामा एउटा खुट्टा भाँचिएको छ । अर्को खुट्टा नचल्ने अवस्थामा छ । उहाँ एउटा बलियो कृतिम खुट्टाको प्रतिक्षामा हुनुहुन्छ ।
“देव्रे चल्दैन, दाइने खुट्टा भाँच्चिएको थियो, कृतिम खुट्टा राखेको छु”–द्धन्द्धका बेलामा अपाङ्ग हुनुभएका सोडारीले भन्नुभयो, “कृतिम खुट्टा भाँचिएर हैरान भयो, मलाई एउटा बलियो कृतिम खुट्टा भए पुग्छ ।” सोडारीलाई तत्काली समयमा नेपाली सेनालाई सुराकी गरेको आरोप तत्कालीन माओवादीले २०५८ मङ्सिर २६ गते राती ११ बजे सुतिरहेको अवस्थामा चारै हातखुट्टा बाँधेर बन्चरोले हान्दा एउटा खुट्टा नचल्ने र अर्को खुट्टा भाँच्चिएको हो ।
“विरामी भएर सुतिरहेको मान्छेलाई राती आएर लछारपछार गरी बाहिर निकाले, कसैले चारै हातखुट्टा बाँधे, कसैले आखाँमा पट्टी लगाए”–उहाँले भावुक हुँदै त्यो दर्दनार्थ घटना सम्झदै भन्नुभयो, “भाला, बन्चरो, बन्दुक लिएर आएका थिए, बुटले छातीमा हाने, मेरा खुट्टाको जोर्नी जार्नीमा हानेर मर्यो भनेर नालामा फालिदिए ।”
रातीको ३–४ बजे ‘आमा’ भनेर उहाँले बोलेको आवाज सुनेपछि उहाँकी पत्नीले घरमा ल्याएर उपचार गर्न अस्पताल लैजानुभयो । तर उहाँको एउटा खुट्टा काँटेर फाँलियो । अर्को खुट्टा चलेन । “द्धन्द्धकै पीडाले बुबा र श्रीमती बितिन्”, उहाँले आफ्नो दर्द सुनाउँदै भन्नुभयो, “एक छोरी, दुइ छोराको सहरामा बसेको छु, द्धन्द्धको घाइतेका रुपमा अहिलेसम्म केही पाएको छैन ।” सोडारीले अपाङ्ग परिचयपत्र त पाउनुभएको छ तर त्यसबापत निःशुल्क उपचार पाउनुभएको छैन ।
मुलुकको राजनीतिक परिर्वतनका लागि सशस्त्र द्धन्द्धको शुरुवात गरिएको भएपनि त्यसको पीडामा निर्दोष नागरिक परेका छन् । जीवनमा नमिठो घाँउ बोकेर बाँचिरहेका छन् ।