ललितपुर, २४ असार । बूढीगण्डकीको बाढीले गोरखाको केरौंजास्थित यारूबगर कटान गर्दा चुमनुब्री गाउँपालिका आवतजावत गर्ने एकमात्र बाटो बगाएको छ ।
भूकम्पपछि बेलायती सहयोग नियोग युकेएडले पहरा खोपेर बनाएको एक सय १५ मिटर लम्बाइको क्यान्टिलिभर पुल बूढीगण्डकी कटानले जोखिममा पारेको स्थानीय बासिन्दा बताउँछन् ।
‘क्यान्टिलिभर पुल नबगाए पनि जोखिममा छ। पुलसम्म पुग्ने बाटो नै बूढीगण्डकीको भेलले बगाइदिएको छ, ‘सदरमुकाम गोरखा बजारबाट घर आउने त्यही एउटा बाटो थियो, त्यो पनि बूढीगण्डकीले लग्यो ।’
उनकाअनुसार यसपालि बूढीगण्डकीले यारू बगरमा धेरै कटान गरेको छ । यारू बगरको चौर नै कटान गर्दा बाटो बगाइदिएको उनले जानकारी दिए । ‘मंगलबारदेखि यारू बगर कटान भइरहेको थियो। बुधबार त झन् बाटो नै सिध्याउने गरी बूढीगण्डकीले कटान गरिदियो,’ ‘त्यो बाटोमा पाइला राख्ने ठाउँ पनि बाँकी छैन । पहरासम्म नै भेल पुगेको छ।’
बाटो अवरूद्ध भएपछि सिर्दिवास, प्रोक, ल्हो, सामागाउँ, छेकम्पार र चुम्चेत आउजाउ गर्न समस्या भएको छ । ‘मान्छे आउजाउ गर्न सकिँदैन, खच्चडबाट खाद्यान्न ढुवानी पनि रोकिएको छ, ।
खाद्यान्न अभाव नहोस् भनेर हेलिकप्टरबाट ढुवानी गरिएको छ । हेलिकप्टरबाट बुधबार चार टिप चामल ढुवानी गरिएको उनले बताए। नेपाली सेनाको हेलिकप्टरमार्फत् खाद्य संस्थान सिर्दिवास डिपोमा करिब दुई हजार आठ सय बोरा चामल लगिएको छ ।
यो बाटो भएर चुमनुब्री गाउँपालिकाभित्र आउजाउ गर्ने भए पनि बूढीगण्डकीले कटान गरेको क्षेत्र छिमेकी गाउँपालिका धार्चेस्थित वडा नम्बर १ मा पर्छ ।