ललितपुर, ०९ असार । ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ, सफा र हराभरा बनाउने अभियानलाई जोड दिएको छ ।
महानगरले सडक सफा र चिटिक्क पारेको छ । छेउमा रहेका बिजुलीका पोलहरू हरियो रंगले रंगिएका छन् । साइकल यात्रीका लागि छुट्टै लेन बनाइएको छ । साइकल लेन उपत्यकामा ललितपुरमा बाहेक अन्य कही छैन ।
लकडाउनको मौकामा मेटिएका जेब्रा क्रसिङलाई आफैं मर्मत गरेर दुरूस्तै पारिसकेको छ । जथाभावी सडक ओगटेर राखेका निर्माण सामाग्री हटाउनुका साथै उचित व्यवस्थापन भइसकेका छन् ।
महानगरपालिकाले ललितपुरका चक्रपथदेखि भित्री सडकको बीच र दायाँबायाँ रहेका बगैँचा सजाउनेदेखि बिजुलीका पोल सरसफाई अभियानले सडक राम्रो देखिएको छ ।
यसैबीच महानगरले सडकका विच भागमा रहेको बगैचामा ढुंगामा विभिन्न ट्राफिक सचेतना तथा यात्रुका लागि महत्वपूर्ण कुराहरू लेखेर थप आकर्षक बनाइएको छ ।
थापाथलीदेखि भैंसेपाटी तथा बल्खुदेखि बालुमारीसम्मको सडक क्षेत्रका बगैँचा चिटिक्ट बनाउनुका साथै सडकमा रहेका बिजुलीका पोल, टेलिफोनका पोल तथा अन्य पोलहरू हरियो रंग पोतेर चिटिक्क बनाएको छ ।
लकडाउन अगाडिबाटै सुरू गरेको यो अभियान सडकमा न्यून संख्यामा सवारी साधन चलेको फाइदा उठाउँदै घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरि सडकलाई सफा र बगैंचालाई चिटिक्क बनाइराख्ने अभियानलाई तिब्रता दिएको थियो यसै क्रममा ढुंगामा विभिन्न अक्षरहरू लेखेर थप आकर्षक बनाइएको छ ।
‘सहरलाई पृथक देखाउन, हरियाली प्रवर्धनमा सहयोग पु¥याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन तथा ललितपुरको सडक भएर हिँड्नेले पनि ललितपुरलाई छुट्टै देखाउन यो काम गरेका हौं,’ ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।
यसअघि ललितपुर महानगरपालिकाले अनुमति बिना सार्वजनिक जग्गा हडपेर बनाइएका घर टहरा भत्काएको छ ।
त्यस्तै मापदण्ड विपरित घर तथा टहरा निर्माण गरेको पाइएमा निर्माण सामग्री जफत गर्ने र निर्माण कार्यमा रोक लगाउने गरी महानगरले वडाहरूमा नगर प्रहरी परिचालन गरेको छ ।
ललितपुर महानगरपालिका भित्रका सडकमा राखिएका ‘स्पिड ब्रेकर’ महानगरले हटाइसकेको छ । महानगर भित्रको सवारी चापलाई व्यवस्थित गर्न विभिन्न ठाउँमा वान वे समेत बनाइसकेको छ ।
ललितपुर महानगर भित्रका पाटनढोका, महापाल अगाडि लगायतका ठाउँमा वान वे बनाएर सवारी चाप न्यूनिकरणको अभ्यास गरिसकेको छ
भिडियो