चैत महिनामा विदेशबाट आएका, सरकारी क्वारन्टीनमा रहेका, घरमा क्वारन्टीनमा बसेका र सङ्क्रमितको वरपरका मानिसहरूको द्रुत परीक्षण अर्थातर्् यापिड कीट मार्फत परीक्षण गरिने बताइएको छ।
हालसम्म नेपालमा पीसीआर र्र यापिड कीटबाट गरि ८ हजार भन्दा बढीको परिक्षण भइसकेको छ।
कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेको सरकारले दोस्रो रणनीतिका रूपमा परीक्षणको दायरालाई बढाउने नीति लिएको छ।
नेपालमा कोरोनाभाइरस जाँच्न किन ’मान्यता नपाएकोर्’ यापिड टेस्ट किट
भारतीय महिलाले बनाएको कोरोनाभाइरस परीक्षण किटले जगाएको आशा
कोरोनाभाइरसस् सुदुरपश्चिममा धेरै सङ्क्रमण तर परीक्षण अत्यन्त न्यून
पीसीआर मेसिनबाट देशका प्रमुख सहरहरूमा स्वाब सङ्कलन गरेर परिक्षण भइरहँदा पछिल्ला दिनमा गाँउ गाँउर्मा यापिड किटबाट परीक्षण भइरहेको जनाएको छ।
सबै प्रदेशका सबै जसो जिल्लामा गरी ३५ हजार त्यस्ता कीट पुगिसकेको बताइएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ती सबै एकसाता भित्र प्रयोग भइसक्ने बताए।
उनले भने, “हरेक प्रदेशमा पाँच हजारको दरले पठाएको हो। यो साताभित्र सबै कीटहरूको प्रयोग गर्ने योजना छ। सुदूरपश्चिमका जिल्लादेखि धेरैवटामा भइसकेको छ। पाँचसात दिनमा ती कीटहरू सबै ठाउँमा परीक्षण गर्ने हाम्रो योजना छ।“
त्यसरी गरिएको परिक्षणमा सङ्क्रमण देखिएकाहरूको अनिवार्य रुपमा फेरि पीसीआर विधिबाट परीक्षण गरिने र्र यापिड कीटबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिएका मध्येको पनि केहीलाई छानेर फेरि पीसीआर विधिबाट परीक्षण गरेर यकिन गरिने उनको भनाइ छ।
हाल भइरहेको परीक्षण विदेशबाट आएका र सरकारी क्वारन्टीनमा रहेकाहरूलाई लक्षित गरिएको प्रवक्ता देवकोटाले बताए।
“विदेशबाट आएर क्वारन्टीनमा बसेका करिब ८ हजारको हाराहारीमा हुनुहुन्छ। उहाँहरूलाई अनिवार्य रुपमा परीक्षण गर्ने र उहाँहरूको वरिपरि हुनेलाई पनि परीक्षणमा राखिन्छ। त्यसबाहेक अरू समस्या देखिएका र लक्षण मिलेका अन्यलाई पनि गर्ने योजना छ।“