नेपाली हामी
ललितपुर, १७ जेठ । नेपाल बजार बिक्री प्रतिनिधी संघ आफ्नो स्थापनाको २०औं बर्ष पुरा गरि २१औं बर्षमा प्रवेश गरेको छ । संघले सेल्स एण्ड मार्केटिङ्गको क्षेत्रलाई मर्यादित र ब्यावस्थित बनाउदै सम्पुर्ण सदस्यहरुको हक अधिकार स्थापीत गर्दै, नयाँ नयाँ प्रबिधीको प्रयोग तथा सम्पुर्ण सदस्यहरुको क्षमता अभिबृद्धीमा जोड दिदै आईरहेको छ ।
नेपाल बजार बिक्री प्रतिनिधी संघले २०औं बर्ष पुरा गरि २१औं बर्षमा प्रवेश गरेको वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो सुभकामना सन्देश जारी गरेको छ ।
“नेपाल बजार बिक्री प्रतिनीधी संघका संस्थापक ज्युहरु, केन्द्र देखी स्थानिय कमिटिमा रहनु भएका सम्पुर्ण पदाधिकारी तथा सदस्यज्युहरु, नेपालको बजारमा कार्य गर्नुहुने सम्पुर्ण राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधीज्युहरु, यस संस्थालाई सदैब सहयोग, सल्लाह र हौसला प्रदान गरिदिनुहुने सम्पुर्ण माहनुभाव तथा संघ संस्थाहरु,
नेपालको सेल्स एण्ड मार्केटिङ्गको क्षेत्रलाई मर्यादित र ब्यावस्थित बनाउदै सम्पुर्ण सदस्यहरुको हक अधिकार स्थापीत गर्दै, नयाँ नयाँ प्रबिधीको प्रयोग, सम्पुर्ण सदस्यहरुको क्षमता अभिबृद्धी गराउदै आपसी भाईचाराको सम्बन्ध स्थापित गर्दै लैजाने उदेश्यका साथ २०५८ साल जेष्ठ १७ गते कास्की जिल्लाको पोखरामा स्थापित भएको यस संस्थाले विभिन्न आरोह अवरोहहरु पार गर्दै आफ्नो स्थापनाको २०औं बर्ष पुरा गरि २१औं बर्षमा लाग्दै गर्दा हामी उत्साहित भएका छौं । यस अबसरमा सम्पुर्ण उधोगी व्यावसायी, नियामक निकाय, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण संघ संस्था तथा माहनुभावहरु, सदैब संस्थालाई सहि बाटोमा डोर्याउने सल्लाह दिनुहुने अग्रजहरु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनिका बजार प्रतिनिधीज्युहरु, संस्थाका सम्पुर्ण सदस्यज्युहरु, अन्य सम्पुर्ण सहयोगीज्युहरुमा संस्था स्थापना दिबसको हार्दिक आभार तथा शुभकामना ब्यक्त गर्दछु्र
संस्थाले स्थापना काल देखी नै सम्पुर्ण सदस्यहरुको हक अधिकारहरुलाई स्थापीत गराउने मात्र नभएर उधोगी ब्यावसायीका समस्याहरुको पनि सहि तरिकाले सम्बोधन गर्दै सामाजीक रुपमा आफ्ना बिभीन्न मानव सेवाका कार्यहरु पनि गर्दै आएको यस सन्दर्भमा अझ सरकारी निति नियमको कार्यान्वयन गर्ने गराउने कुरामा लागीरहेकै छ्र यस्तो अबस्थामा सम्पुर्ण बिक्री प्रतिनीधीहरु एक ढिक्का भएर लाग्नुपर्ने आजको आबस्यकता रहेको छ्र न्युनतम पारिश्रमिक, बिमा, सामाजीक सुरक्षा, स्थायी नियुक्ति लगायत सम्पुर्ण सेवा सुबिधाका कुराहरुलाई सरकारको मापदण्ड अनुसार लागु गर्ने गराउने कुराको लागी अझ संस्था जोडदार रुपमा लाग्नु जरुरी छ ्र यस बिषयलाई नेतृत्वले गम्भिर रुपले लिएको नै छ । केबल सम्पुर्ण सदस्यहरुको सहयोग आबस्यक देखिन्छ्र संस्थाको आगामी दिनहरु अझ ससक्तरुपमा अगाडी बढुन् हार्दिक शुभकामना ।।” “जयनाम्स“
अध्यक्ष
कुमार तिमल्सेना
नेपाल बजार बिक्री प्रतिनिधी संघ
बाग्मती प्रदेश कमिटि