ललितपुर, ०१ जेष्ठ । ५६० वटा अक्सिजन सिलिन्डर लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार बिहान ओमान गएको छ । विमानले सिलिन्डर लिएर शनिबार साँझ ६ः३० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।
गैरआवासीय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहकार्यमा सिलिन्डर जुटाइएको हो । ५६० वटा सिलिन्डरलाई मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याइएको छ ।
गैरआवासीय नेपाली सोसल क्लब, ओमनका अध्यक्ष विकल झाका अनुसार अल हप्सी ट्ेरडिङ कम्पनीसँग ६३ हजार ७ सय डलर भुक्तानी गरेर सिलिन्डर खरिद गरिएको बताए । यो रकम खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिक र व्यवसायी र सामाजिक संघससंथाबाट एनआरएनको नेतृत्वमा उठाइएको हो । चार्टर विमानको खर्च भने सरकारले नै बेहोरेको छ । नेपाल एयरलाइन्सको विमान ओमान गएको यो पहिलोपल्ट हो ।
आर्थिक संकलनका जिम्मेवारी लिएका एनआरएनका सचिव आरके शर्माले ओमान, कतार, कुवेत, बहराइन, साउदी अरब र संयक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपालीबाट सिलिन्डर खरिदमा उत्साहजनक सहभागिता रहेको बताए । ‘मातृभूमिमा आपत परेको अवस्थामा आफ्ना परिवार, आफन्त र साथीभाइलाई बचाउन खाडीमा कार्यरत नेपालीले आफ्नो जिम्मेवारी पूरा गरेको छ’, उनले भने,‘हरेक हिसाबको पारदर्शी रहन्छ । रकम बढी भएमा थप यस्तै कार्यमा लगाइनेछ ।’
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले सामुदायसँगको हातेमालोले सिलिन्डर जुटाउन सफलता मिलेको वताए । ‘आपत्कालीन अवस्थामा खाडीका कार्यरत नेपाली समुदायले एकअर्काप्रति विश्वास गरेका छन् । समुदायसँगको हातेमालोले नै तूरुन्तै परिणाम दिन सफल भयौँ,’ उनले भनिन्,‘यसले थप सामूहिक कार्य गर्न प्रोत्साहन मिलेको छ ।’