ललितपुर, २३ पुस । झन्डै ९ लाख नेपाली श्रमिक रहेको कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको छ । कतारले पहिलो चरणमा डिसेम्बर २२ बाट खोप लगाउन सुरु गरेको हो । उसले अहिले ११ वटा स्वास्थ्य केन्द्रबाट प्राथमिकतामा परेकालाई खोप लगाउन थालेको छ ।
‘६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, क्रोनिक रोगी र पटकपटक कोरोनाबाट संक्रमित भएका स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ,’ ‘यसरी प्राथमिकता छुटाउँदा स्वदेशी र विदेशी भनिएको छैन । जस्तै– मुटुरोगी भएको नेपालीलाई खोप लगाउने अवसर प्राप्त भइसकेको छ ।’
कतारमा लक्षित समूहमध्ये १० प्रतिशतलाई खोप लगाइसकिएको छ । ‘कोरोनालाई नियन्त्रण गर्न कुल जनसंख्याको ७०–८० प्रतिशतलाई खोप दिन जरुरी देखिएको बताईएको छ ।
हमाद अस्पतालका निर्देशक डा. युसेफ अल मासलमनीले स्थानीय टीभीमा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘खोप लगाउने विषय व्यक्तिगत रुचिको विषय होइन । सबैको हितका लागि गरिएको सार्वजनिक निर्णय हो ।’ कतारको कुल जनसंख्याको १२.५ प्रतिशत नेपाली श्रमिक छन । कतारमा मात्रै कोरोनाबाट कम्तीमा ३० हजार नेपाली संक्रमित भएको अनुमान छ ।
झन्डै दुई लाख नेपाली रहेको यूएईले आप्रवासीसहित आफ्ना नागरिकलाई खोप लगाउन थालिसकेको छ । खोपले मान्यता नपाउनु अगाडि नै यूएईमा कार्यरत सयौं नेपालीले परीक्षणका रूपमा खोप लगाएका थिए । खोप लगाउन इच्छुकलाई नाम दर्ताका लागि आह्वान गरिएको छ ।
तीन लाख नेपाली कार्यरत साउदी अरबले डिसेम्बर १७ देखि नै खोप लगाउन थालेको हो । खोप लगाउन अनलाइनबाट नेपालीसहित एक लाख ५० हजार जनाले नाम दर्ता गरिसकेका छन । खाडी क्षेत्रमा बहराइनपछि खोप भित्र्याउने साउदी हो । साउदीले प्राथमिकतामा परेको स्वदेशी र विदेशीलाई पहिलो दिनमै खोप लगाएको अरब न्युजले जनाएको छ ।
पहिलो चरणमा ६५ वर्षमाथिलाई प्राथमिकतामा राखेको साउदीले दोस्रो चरणमा ५० वर्षमाथिकालाई खोप दिनेछ । ‘उपचारको मामिलामा स्वदेशी र विदेशीबीच कुनै भेदभाव गरिएको पाइएन । कोरोनाको उच्च संक्रमण रहेका बेला पनि साउदी सरकारले त्यो भूमिका निर्वाह ग¥यो,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘खोप लगाउने विषयमा पनि विभेद हुँदैन र सबैले आवश्यकताअनुसार पाउनेछन् भन्नेमा आशावादी छु ।’
गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षत्रीले खाडी क्षेत्रमा खोपको अभियानले श्रमिक वर्गलाई आफ्नो कामलाई निरन्तरता दिनेमा हौसला मिलेको बताए । ‘बरु आफ्नो देशमा कहिले पाउने हो वा नपाउने भन्नेमा विश्वस्त छैन । यहाँ त खोप नै आइसक्यो,’ उनले भने, ‘यसले हामीलाई आफ्नो कार्यथलो थप सुरक्षित भएको आभास मिलेको कान्तिपुरमा समाचार छ ।
र याे पनि