सर्लाही (हरिवन) । नेपाल ट्रक यातायात व्यवसायी माहासंघले सर्लाहीमा मंगलबारदेखि डिजिटल धर्मकाँटा संचालनमा ल्याएको छ । सर्लाही ट्रक व्यवसायी संघले हरिवनमा संचालन गरेको धर्मकाँटामा डिजिटलाईजेसन गरेको हो । यो धर्मकाटामा डिजिटलाईजेसन गरिएको नेपालमा दोश्रो रहेको बताईएको छ । यसअघि माहासंघले धादिङ्को धार्केमा धर्मकाटामा डिजिटलाईजेसन गरेको थियो ।
काँटाको उद्घाटन गर्दै पुर्व रक्षामन्त्री एवं सर्लाहीका संघिय सांसद हरिप्रसाद उप्रेतीले डिजिटलाईजेसनले धेरै समस्याको एकै ठाउँमा समाधान गर्ने हुनाले समाग्री ढुवानीमा देखा परेका विकृति, बिसंगतिहरु समाप्त भएर जाने विश्वास ब्यक्त गरे । सासंद उप्रेतीले काँटा संचालनमा नेपाल सरकारबाट गर्नुपर्ने कार्यकालागि आफुले सधै सरकारलाई सिफारिस् गर्ने र राज्यद्धारा यसको नियमन हुनुपर्ने समेत बताए ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी माहासंघका माहासचिव राजेन्द्र विक्रम बानियाले काँटामा डिजिटलाईजेसन भएपछि सवारीधनीले आफ्नो सवारीमा लोडभएको सामान, चालकको स्थिति, वजन लगायतको विषयमा घरमै रहेर थाहापाउने र नेपाल सरकारको यातायात ब्यवस्था विभागमा समेत रेकर्ड हुने हुँदा अवैध सामाग्री ओसारपसार तथा बढ्दो दुर्घटनाको जोखिम समेत नियन्त्रण हुने जानकारी दिए ।
माहासंघका केन्द्रिय सदस्य बद्री चौलागाईद्धारा संचालित कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवन नगरपालिकाका पूर्व प्रमुख गणेश प्रसाद प्रसाई, नगर उप–प्रमुख हरिमाया घलान, हरिवन वडा नं. १० का अध्यक्ष शम्भुप्रसाद मैनाली, ईलाका प्रसाशन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, नेपाल ट्रक यातायात व्यवसायी माहासंघका सह–कोषाध्यक्ष राजन केसी, माहासंघका मधेस प्रदेस संयोजक धुर्व अर्याल, सर्लाही जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजन घिमिरे, कार्यक्रमका संयोजक सर्लाही ट्रक ब्यवासयी संघका अध्यक्ष रामबहादुर दवाडी, नारायणी यातायात ब्यवसायी संघका सचिव शालीग्राम ढकाल, तराई यातायात ब्यवसायी संघका माहासचिव अर्जुन अधिकारी, हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रयागराज पोते लगायत सर्लाही ट्रक ब्यवसायी संघका पदाधिकारी एवं संभारकर्मीकोे आतिथ्यता रहेको थियो ।
हरिवनमा संचालित धर्मकाटामा डिजिटलाईजेसन गरिएको नेपालमा दोश्रो रहेको सर्लाही ट्रक ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष रामकुमार खडकाले बताए । यसअघि माहासंघले धादिङ्को धार्केमा धर्मकाटामा डिजिटलाईजेसन गरेको थियो ।