बायाँबाट क्रमशः नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी,नेकपा (एमाले)बाट जंगबहादुर शाही, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल,राष्ट्रिय (स्वतन्त्र) पार्टीबाट प्रकाश कुमार बुढा,नेकपा (एकिकृत) समाजवादीबाट जगतबहादुर हमाल,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुर्जे रावत,नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगर
काठमाडौँ । मंङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ ।
बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
दैलेखमा पनि उपनिर्वाचनका लागि उत्साहजनक रुपमा मनोनयन दर्ता सम्पन्न भएको छ । दैलेख निर्वाचन क्षेत्र -१ को महावु गाउँपालिकामा अध्यक्ष पदका लागि सात दलले मनोनयन दर्ता गराएका छन् भने निर्वाचन क्षेत्र -२ दुल्लू नगरपालिका -१३ वडाअध्यक्ष पदको लागि ६ दलले मनोनयन दर्ता गराएका हुन् ।
महावु गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवारको लागि नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी,नेकपा (एमाले)बाट जंगबहादुर शाही,नेकपा (एकिकृत) समाजवादीबाट जगतबहादुर हमाल,नेकपा (माओवादी) केन्द्रबाट जंगबहादुर बराल,राष्टिय (स्वतन्त्र) पार्टीबाट प्रकाश कुमार बुढा,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुर्जे रावत,नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डेले बताए ।
निर्वाचन क्षेत्र –२ को दुल्लू नगरपालिका वडानं –१३ मा वडाअध्यक्ष पदका लागि ६ दलले मनोनयन दर्ता गराएको अधिकृत पाण्डेले जानकारी दिए । नेपाली नेपाली काँग्रेसबाट रेशमबहादुर शाही,नेकपा (एमाले)बाट लालबहादुर शाही,नेकपा (माओवादी केन्द्र)बाट ढकेन्द्रबहादुर शाही,राष्ट्रिय (स्वतन्त्र) पार्टीबाट रामबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट पुर्ण प्रसाद उपाध्याय र राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रेशमबहादुर मल्लले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गरेका सबै जना दलीय उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत न्यायधिश कुलप्रसाद पाण्डे जानकारी दिए ।
अध्यक्ष पदका लागि दुई वडामा ६ दलको प्रतिस्पर्धा
महावु गाउँपालिकामा अध्यक्ष पदका लागि दुई वडामा ६ दलको प्रतिस्पर्धा हुने भएको छ । एउटै वडाबाट अध्यक्ष पदका लागि ३÷३ दलका उम्मेदवारले मनोनयन दर्ता गरेपछि ६ दलको प्रतिस्पर्धा हुने भएको हो ।
महावु गाउँपालिका–३ नम्बर वडाबाट नेपाली काँग्रेसका झलक भण्डारीले मनोनयन दर्ता गराएका छन्, राष्टिय स्वतन्त्र पार्टीका प्रकाश कुमार बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुर्जे रावत एउटै वडाका रैथाने बासिन्दा हुन् ।
त्यस्तै नेकपा माओवादीबाट उम्मेदवार वनेका जंगबहादुर बराल,मगर,नेकपा एमालेका जंगबहादुर शाही र एकिकृत समाजवादीका जगतबहादुर हमालको पनि एउटै वडा रहेको छ । तीनै जना अध्यक्ष पदका उम्मेदवारको महावु गाउँपालिका –५ हो ।
मङ्सिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने
मआयोगले आजै साँझ उम्मेदवारको सूची प्रकाशन हुने जनाएको छ । यसैगरी मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ बजे देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
सो दिन विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷ एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ ।