काठमाडौँ । कोलोराडो वासी शेर्पाहरुको साझा संस्था शेर्पा संघ कोलोराडो (शेर्पा नाङपी छोग्पा) को अध्यक्षमा पुःन ङवाङ वाङछु शेर्पा चुनिएका छन् ।
शेर्पा नाङपी छोग्पा कोलोराडोको परिचय अवको दिनमा शेर्पा संघ, कोलोराडो रहने गरी दोस्रो कार्यकलको लागी सर्व सहमतिमा ङवाङ वाङछु अध्यक्षमा चुनिएका हुन् । यसैगरी अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सोनाम शेर्पा, कोषाध्यक्ष लाक्पा शेर्पा, महासचिव निमा ओङछु शेर्पा, सचिव पासाङ शेर्पा र सांस्कृतिक संयोजक निमा कर्मा शेर्पा गरी ६ सदस्य कार्यसमिती सर्वसम्मत तरिकाबाट चयन गरिएको हो ।
शेर्पा संघ, कोलोराडोले अगामी दिनमा शेर्पाहरुको आफ्नै शेर्पा गुम्वा स्थापना गरि वौद्ध धर्म, शिक्षा, शेर्पा सांस्कृती, सम्वोट भाषालिपी र पाठपुजा चाडपर्वको जागेर्ना गर्ने प्रतिबद्धता अध्यक्ष ङवाङ वाङछु शेर्पाले गरेका छन् । संस्थाको कोषाध्यक्ष लाक्पा शेर्पा र महासचिव निमा शेर्पा पनि दोस्रो कार्यकालका लागी चयन भएका हुन । महासचिव निमालाई संस्थाले प्रवक्ताको जिम्मेवरी पनि दिईएको छ । उनी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीकाका निर्वाचित वोर्ड सदस्य समेत हुन ।
संस्थाको कार्यसमितीमा मनोनित भएका सदस्यहरु नेपालको विभिन्न जिल्ला र क्षेत्रहरुवाट प्रतीनिधीत्व हुने गरी चुनिएका छन । त्यस्तै समाजसेवी तथा स्थानीय व्यवसयी दावा शेर्पालाई शेर्पा संघ कोलोराडोको सल्लाहकार समितीमा मनोनित गरिएको महासचिव निमा शेर्पाले बताएका छन् ।
शेर्पा संघ कोलोराडोले हिमाल आरोहीहरुलाई सम्मान, शेर्पा युवा वालवालीकालाई प्रत्साहन, नेपाली शेर्पा कला सांस्कृती र खेलकुदहरुमा हौसला प्रदानगर्ने र संस्थाले भैपरि आए अन्य संघ संस्थाहरु संग मिली सहयोगहरु जुटाई नेपाल र नेपालीहरुको लागी सहयोग गर्न तत्पर रहने भावी योजना रहेको जनाएको छ ।